निर्देशक जफर पनाहीले जेलमै सुरु गरे भोक हड्ताल
इरान - राज्यविरुद्ध विद्रोह गरेको आरोपमा जेलमा रहेका निर्देशक जफर पनाहीले जेलमै भोक हड्ताल सुरु गरेका छन् । इरानको अदालतले उनलाई थुनामुक्त गर्न आदेश दिएपनि प्रहरीले छाड्न नमानेपछि जेलमै भोक हडताल सुरु गरेका हुन् ।
उनले जेल भित्रबाटै विज्ञप्ति जारी गर्दै सरकारको गैरमानवीय र अवैधानिक व्यवहारका विरुद्ध आफूले दबाई, पानी र खाना नखाने बताएका हुन् । उनले सरकारले आफ्नो मृत शरीरलाई मात्र जेलबाट छुट्कारा दिने बेहोरा देखाएकाले आफूले हड्ताल गर्न बाध्य भएको बताएका छन् ।
‘दि सर्कल’, ‘दिस इज नट फिल्म’, ‘ट्याक्सी’ आदि फिल्मका निर्देशक पनाहीलाई सरकारले फिल्म बनाउन नै प्रतिबन्ध लगाएको थियो । त्यसका बावजुद उनले लुकेर फिल्म बनाउने गरेका छन् । परिवार सहित सन् २०१० मा पक्राउ परेका उनलाई ६ वर्षको सजाय सुनाइएको थियो भने २० वर्ष फिल्म बनाउन नपाउने प्रतिबन्ध छ ।
सरकारविरुद्ध प्रोपोगान्डा फैलाएको भन्दै उनलाई सरकारले जेल हालेको थियो । केही समयपछि धरौटीमा रिहा भएका पनाहीको मुद्दा अझै अदालतमा विचाराधिन छ । गत वर्षको जुलाईमा सहकर्मी फिल्मकर्मीको अवस्था बुझ्न सरकारी वकिलको कार्यालय पुगेका उनलाई प्रहरीले समातेर जेल हालेको थियो ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया