३७ सांसदको मात्रै समर्थन भएका मुख्यमन्त्री अस्वीकार : विपक्षी चार दल

बुटवल : लुम्बिनी प्रदेशमा अल्पमतको मुख्यमन्त्री स्वीकार नगर्ने विपक्षी चार दलले बताएका छन् । सोमबार चार दलले संयुक्त पत्रकार सम्मेलन गर्दै उनीहरूले अल्पमतको मुख्यमन्त्रीलाई स्वीकार नगर्ने बताउँदै केन्द्रको निर्देशन अनुसार थप राजनीतिक कदम चाल्ने बताएका छन् । नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धनले सोमबार बुटवलमा पत्रकार सम्मेलन गरेका हुन् । अल्पमतको दलको नेतालाई मुख्यमन्त्रीमा नियुक्ति र सपथ गराइएको भन्दै उनीहरूले कानूनी र राजनीतिक लडाईं लड्ने बताए ।
बहुमत सांसदको हस्ताक्षरसहित सरकारमा दाबी पेश गर्दागर्दै ३७ जना सांसदको मात्रै समर्थन भएका पोखरेललाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नुले लोकतन्त्रको हत्या भएको उनीहरूको ठहर छ । नेपाली कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाले अधिनायकवादी नमूना लुम्बिनी प्रदेशमा शंकर पोखरेलले देखाएको बताए ।
'यसविरुद्ध कानूनी र राजनीतिक लडाईं शुरु गर्दछौँ । मुख्यमन्त्रीको सपथ रोक्न धर्नामा बसेका महिला सांसदमाथि प्रदेश प्रहरी प्रमुख रवीन्द्र धानुकले बल प्रयोग र महिला हिँसा गरेकाले उनलाई निलम्बन गर्न उनले माग गरे । डीआईजी धानुक आफैं प्रत्यक्ष संलग्न भएर महिलालाई हातपात र दुर्व्यवहार गरेकाले निलम्बन गर्नुपर्ने विपक्षीको माग छ ।

बस दुर्घटनामा दुई जनाको मृत्यु

शुद्धोधन गाउँपालिकाका अध्यक्ष चौधरी लक्षित गोली प्रहार

ढाकावाङका किसानलाई मौरी वितरण

सडक निर्माणको माग गर्दै सडकमै रोपियो केराको बोट

पर्यटन क्षेत्रलाई चलायमान बनाउन होटलमा थपिँदै लगानी

बाँकेमा ५६ फरार प्रतिवादी पक्राउ

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

प्रतिक्रिया