एमालेमै फर्किए लुम्बिनीका दुई 'स्वतन्त्र' सांसद

बुटवल : आइतबार अविश्वासको प्रस्तावको पक्षमा कुलप्रसाद केसीलाई समर्थन गर्दै हस्ताक्षर गरेका स्वतन्त्र समूहका दुई सांसदले आज आफूहरू नेकपा एमालेकै साथमा रहेको स्पष्टीकरण दिएका छन् । आइतबार विपक्षी दलका नेता कुलप्रसाद केसीको समर्थनमा लागेका सांसदद्वयले सोमबार आफूहरू निर्वाचनमा साथ दिएको एमालेकै पक्षमा रहेको भन्दै संयुक्त विज्ञप्ति जारी गरेका छन् ।
'हिजो भुलबस केसीको समर्थनमा लागेका थियौँ, आज त्यसलाई सच्याएर निर्वाचनमा साथ दिएको एमालेकै पक्षमा लागेका छौँ,' प्रदेशसभा सदस्य अजय शाहीले भने । कपिलबस्तुका धर्म बहादुर लाल श्रीवास्तव र नवलपरासीका अजय बहादुर शाहीले नेकपा माओवादी केन्द्रका नेता कुल प्रसाद केसीको पक्षमा हस्ताक्षर गरेका थिए ।
दुवै प्रदेशसभा सदस्यहरू सूर्य चुनाव चिन्ह लिएर प्रदेशसभामा निर्वाचित भएका थिए । उनीहरूले आफूहरू स्वतन्त्र सांसद भएको दाबी गर्दै आएका छन् । उनीहरू प्रदेशसभा सदस्य निर्वाचनमा नवलपरासीको निर्वाचन क्षेत्र नं १ को २ बाट र अजय बहादुर शाही र कपिलबस्तुको निर्वाचन क्षेत्र नं २ को १ बाट निर्वाचित भएका थिए ।
सूर्य चुनाव चिन्ह लिएर निर्वाचित भएका दृग नारायण पाण्डेयले भने प्रदेशसभा सचिवालयमा राजीनामा दिएका थिए । उनको राजीनामा स्वीकृत भइसकेको छ ।

बस दुर्घटनामा दुई जनाको मृत्यु

शुद्धोधन गाउँपालिकाका अध्यक्ष चौधरी लक्षित गोली प्रहार

ढाकावाङका किसानलाई मौरी वितरण

सडक निर्माणको माग गर्दै सडकमै रोपियो केराको बोट

पर्यटन क्षेत्रलाई चलायमान बनाउन होटलमा थपिँदै लगानी

बाँकेमा ५६ फरार प्रतिवादी पक्राउ

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

प्रतिक्रिया