भारतमा ‘ट्वीटर ब्लु’ लागि ९५० रुपैयाँसम्म बुझाउनुपर्ने

मुम्बई- माइक्रोबलिंग प्लेटफर्म ट्वीटरले भारतमा सब्सक्रिप्सन सेवा गरेको छ । भारतमा ट्वीटर ब्लु टिक सर्भिसका लागि प्रति महिना ६५० रुपैँया भारतीय रुपैयाँ बुझाउनु पर्ने नियम बनाएको छ । बेब युर्जसको ट्वीटर ब्लुका प्रयोगका लागि
मासिक ६५० भारतीय रुपैयाँ दिनुपर्ने नियम बनाएको तर मोबाइल प्रप्रयोगकर्ताले भने प्रति महिना ९५० भारतीय रुपैया दिनु पर्नेछ ।
एलन मस्कले पछिल्लो महिना ४४ मिलियन डलरमा ट्वीटर खरिद गरेका थिए, उनले खरिद गर्ने बितिक्कै माइक्रो ब्लगिंग प्लेटफर्ममा धेरै परिवर्र्तन गरिरहेका छन । एलन मस्कले पछिल्ला दिनमा ट्वीटर ब्लु सर्भिसका लागि यो जानकारी दिएका थिए कि ब्लु टिक लिने प्रयोगकर्ताका लागि शुल्क मात्रै दिईने छैन, सो शुल्क लिने प्रयोगकर्तालाई अतिरिक्त सुबिधासमेत दिइनेछ ।
ट्वीटरले पछिल्ला दिनमा अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, न्युजिल्याण्ड र जापानलगायत केही देशमा ट्वीटर ब्लुको सेवा सुरु गरिसकेको छ । यी देशमा ट्वीटरले ब्लु टिक सब्सक्रिप्सन शुल्क भनेर प्रति महिना ८ डलर लिदैँ आएको छ । जसअनुसार यी देशले प्रतिबर्ष अमेरिकन ८४ डलर ट्वीटरलाई दिनुपर्ने हुन्छ ।

इन्फोडेभलपर्स र वन पोइन्ट फाईनानसियल सर्भिसेजबीच सहकार्य हुने

हाम्रो पात्रोको नयाँ अपडेट सार्वजनिक, प्रयोगकर्ताको अनुभवलाई अझ स्मार्ट, सहज र …

क्लासिक टेकका पाँच वटा बैंक खाता रोक्का राख्न जिल्ला अदालत मोरङको पत्राचार

अन्ततः अमेरिकी अदालतमा वकिल बनेर उभियो एआई, गर्यो बहस

एआईको चुनौतीबाट बच्न सामसुङलाई ‘गर या मर’ को मानसिकता आवश्यक
एआईको चुनौतीबाट बच्न सामसुङलाई ‘गर या मर’ को मानसिकता आवश्यक

स्पेसएक्सको अहिलेसम्मकै ठूलो अन्तरिक्ष यानको परिक्षण दोस्रो पटक पनि असफल

प्रतिक्रिया