सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री शाहले सपथ लिँदै

धनगढी -सुदूरपश्चिम सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले आज पद तथा गोपनियताको सपथ लिदैँछन् । एक महिनाअघि नेकपा एमालेबाट मुख्यमन्त्री भएका राजेन्द्रसिंह बरालले विश्वासको मत प्राप्त गर्न नसकेपछि कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह बिहीबार सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए ।
निवर्तमान मुख्यमन्त्री रावलले विश्वासको मत नपाएर पद गुमाउँदै राजीनामा दिएपछि कांग्रेस संसदीय दलका नेता शाहलाई बिहीबार मुख्यमन्त्री पदमा प्रदेश प्रमुख देवराज जोशीले नियुक्त गरेका थिए ।
संविधान धारा १६८ को उपधारा २ बमोजिम नेकपा एमालेका तर्फबाट मुख्यमन्त्री चयन भएका राजेन्द्रसिंह रावलले प्रदेशसभाबाट विश्वासको मत नपाएपछि संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठुलो दलका कांग्रेस प्रदेश संसदिय दलका नेता शाहले मुख्यमन्त्रीमा दाबी पेश गरेलगत्तै प्रदेश प्रमुख जोशीले उनलाई नियुक्त गरेका हुन् ।
प्रदेश प्रमुखको कार्यालयले नवनियुक्त मुख्यमन्त्री शाहको पद तथा गोपनियताको सपथ कार्यक्रमका लागि तयारी पुरा गरेको जनाएको छ ।
सरकार गठन भएको एक महिनामा नै पहिलो पटक निवर्तमान मुख्यमन्त्री रावलले विश्वासको मत नपाएका हुन । रेशम लाल चौधरी आबद्ध नागरिक उन्मुक्ति पार्टीका ७ सांसदले आफनो माग पुरा नभएकाले रावललाई विश्वासको मत नदिएको जनाएको छ तर सत्ता साझेदार उन्मुक्ति लगायतको राजनीतिक दलको समर्थनमा रावल २७ पुसमा मुख्यमन्त्री नियुक्त भएका थिए ।

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

मङ्गलसेन नगरपालिकाको फोहोर सामुदायिक वनमा

पुर्चौडी कार्यपालिका सदस्य लुहारको निधन

वर्षौंदेखि अधुरा रहेका चार पुल निर्माण अन्तिम चरणमा

बाम्का बजार आगलागी : राहत वितरण गर्न बुढीगङ्गानगर प्रमुख बानियाँको संयोजकत्वम…

बजेट अभावले पुल निर्माणको काम प्रभावित

बाजुरा आगलागीः ३५ पसलमा आठ करोड बढीको क्षति

प्रतिक्रिया