बुधबार ०४ असार, २०८२
Wednesday, June 18, 2025

बाघको छालासहित दुई जना पक्राउ

कैलाली- सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको (आरआइटी) टोलिले सोमबार बिहान बाघको छालासहित २ जनालाई पक्राउ गरेको छ । 

बिशेष सुराकीको आधारमा गोदावरी नगरपालिका २ बसपार्कबाट ३ फिट ५ इन्च लम्बाई भएको बाघको छालासहित अछाम चौरपटी  गाउपालिका ५ बस्ने बर्ष १८ को सुनिल बोहरा  र सोही स्थान बस्ने वर्ष १९ को शुबास बोहरा लाई नियन्त्रणमा लिएको जनाएको छ । 

नियन्त्रणमा लिइएकालाई बन्यजन्तु अखेटोपहार ओसारपसारको कसुरमा आवश्यक कार्वाहिको लागि इलाका प्रहरी कार्यालय मालाखेतिमा बुझाइएको आइआरटीले जनाएको छ ।