गुलरिया-मूर्तिया नाका तत्काल संचालनमा ल्याउन सरकारसँग माग

काठमाडौँ- नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले गुलरिया–मूर्तिया नाका तत्काल संचालनमा ल्याउन सरकारसँग माग गरेका छन् ।
१४ वर्ष अघि नेपाल–भारतबीच उक्त नाका संचालन गर्ने सहमति भए पनि त्यसको अझै कार्यान्वयनमा ल्याउन सरकार तयार नभएकोमा सांसद गौतमको आपत्ति छ । शुक्रबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बाेल्दै उनले सो नाका संचालनका लागि भारत सरकारसँग पनि आग्रह गरे ।
सांसद गौतमले छोटी भन्सारहरूको उचित व्यवस्था गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए । छोटी भन्सारलाई अस्तव्यस्त बनाएर सरकार आफैँले चोरी पैठारीलाई प्रश्रय दिएको आशंका समेत उनले व्यक्त गरे ।
सांसद गौतमले अर्थतन्त्र कमजोर भइरहेका बेला भन्सार कार्यालयको व्यवस्थापन गर्न पनि सरकार गम्भीर नभएको भन्दै आपत्ति समेत जनाए ।

राजनीतिक नेतृत्व र जनप्रतिनिधिमा सुशासन कायम गर्ने दृढ इच्छाशक्ति आवश्यक छ : स…

तीन समितिको बैठक बस्दै

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

तीन संसदीय समितिको बैठक बस्दै

संसदीय समितिमा पानी जहाज विधेयकबारे छलफल हुने

तीन वटा संसदीय समितिको बैठक बस्दै

तीन समितिको बैठक बस्दै, राज्य व्यवस्था समितिमा गृहमन्त्री लेखक जाने

प्रतिक्रिया