प्रदेश १ को नाम ‘कोसी’ राख्ने दलहरूबीच सहमति

विराटनगर - प्रदेश १ को नाम कोसी राख्ने विषयमा दलहरूबीच सहमति भएको छ । प्रदेश १ को आजै बिहान ११ बजे तोकिएको प्रदेश सभा बैठकमा नामाकरणको प्रक्रिया प्रवेश गराउने तयारी छ । उच्च स्रोतका अनुसार ९३ सदस्यीय प्रदेश १ को प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै दलहरूबीच गोप्य रूपमा प्रदेशको नाम कोसी राख्न सहमति जनाइसकेका छन् ।
प्रदेश १ को नाम कोसी नामाकरण गर्न दुई तिहाइको सुनिश्चित भइसकेको नेकपा एमालेका एक प्रदेश सभा सदस्यले जानकारी दिए । नामाकरणको सबै प्रक्रिया आजै टुंगो लगाइने उनले दाबी गरे ।
प्रदेशको नाम प्रदेश सभाको दुई तिहाइ बहुमतबाट राख्नुपर्ने संविधानको धारा २९५ को उपधारा (२) मा उल्लेख छ । सोही व्यवस्था अनुसार प्रदेश १ को प्रदेशसभा नियमावली (पहिलो संसोधन) २०७४ को नियम ५८ को उपनियम (ख) मा प्रदेशको नामाकरण सम्बन्धी प्रस्ताव पेश गर्ने व्यवस्था गरिएको छ ।
नियमावलीअनुसार नामकरण सम्बन्धी प्रस्तावको लागि दर्ताको सूचना सभामुखले तोके बमोजिम हुने भनिएको छ । सूचना प्रदेश सभाका सचिवले प्रकाशित गर्ने, सो प्रस्ताव कुनै सदस्यले अनुसूची ९ बमोजिमको ढाँचामा कम्तिमा दुई जना सदस्यको समर्थनसहित सभाका सचिवलाई दिनुपर्ने जनाइएको छ ।
प्रस्तावक सदस्यले मन्तव्यसहित सभामा नामाकरणको प्रस्ताव प्रस्तुत गर्ने अनुमति माग्ने उल्लेख छ । नाममा सहमति भइसकेका कारण एउटै मात्र प्रस्ताव पेश हुने उच्च स्रोतले जनाएको छ । आजै सबै प्रक्रिया सक्नु पर्ने भएकोले केही नियमहरू समेत निलम्बन हुनसक्ने जनाइएको छ । त्यसको निर्णय भने कार्यव्यवस्था परामर्श समितिको बैठकमा हुने भनिएको छ ।
यो पनि
आजै 'सरप्राइज' नाम दिने प्रदेश १ को तयारी, दलहरूबीच गोप्य सहमति

दुई करोड ३० लाख लागतमा प्रशासनिक भवन निर्माण सकियो
_UwsmNTMtXu_cvfpczgougartzgwa0telwoajstscjdswvvmdzadvgsysaxjtffmzrfsco8f_OdXbNHBYka_9tzn0noh92h7ayzmgpk14m3bgaqkfx5ft2yhtzfn0rydnnxw8b7tw7haisdr.jpg)
रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

धरानको चिन्डेडाँडामा पर्यटकको चहलपहल
तेह्रथुमका किसान व्यावसायिक रूपमा सिस्नु खेती गर्दै

आधा अर्ब अधिक खर्चेर ग्रामीण सडक कालोपत्र गरिँदै
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_n3S9MNoAp1_3c1ydgnjtu2rwzxyouy4xx7k4ptr6y7bpeln2qap3yrx98etpqw5to74ozcg_qTrD5aL0HC_t7jzvzr6uohsyen1hahox2qwhz9qj5g41pilolujubo97t7szo1nud6bpgwa_Hnayj1m39f_c9zwurcxiw7ybphlhl3gav9irdwb372h8sc4c0hp9pu5ekt3wabolfuvxcsj.jpg)
गोली हानेर ब्राउन सुगर बोक्नेलाई समात्यो प्रहरीले

चट्याङ लागेर घाइते लिम्बूको मृत्यु

प्रतिक्रिया