एमाले-कांग्रेस दुवैले प्रतिपक्षीमा बस्ने अडान लिएपछि संसद् बैठक सर्यो

काठमाडौँ - प्रतिपक्षीमा बस्ने विषयमा विवाद भएपछि प्रतिनिधि सभा बैठक सरेको छ । नेपाली कांग्रेस र नेकपा एमाले दुवैले प्रतिपक्षीमा बस्ने अडान लिएपछि संसद् बैठक सरेको हो ।
प्रतिपक्षीमा बस्ने दलहरू धेरै भएपछि कुर्सी व्यवस्थापन नभएको भन्दै बैठक सारिएको संसद् सचिवालय स्रोतले जनाएको छ । सचिवालयका एक कर्मचारीका अनुसार दलहरूले समेत प्रतिपक्षमा बस्ने व्यवस्था नभएसम्म बैठक सार्न दबाब दिएका थिए ।
आज बस्ने तय भएको बैठक अब चैत ५ गते मात्रै बस्ने तय भएको संसद सचिवालयले जनाएको छ ।
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिएको कांग्रेस र विश्वासको मत फिर्ता लिएका एमाले दुवै प्रतिपक्षको मञ्चमा बस्ने अडान लिएका थिए ।
प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन र सरकारबाट बाहिरिएसँगै एमाले भने प्रतिपक्षमा बस्ने संसद् सचिवालयलाई जानकारी गराएको थियो ।
राप्रपा र एमाले सरकारबाट बाहिरिएसँगै सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिइसकेका छन् ।
राप्रपाको पनि प्रतिपक्षीमा बस्ने तयारी छ ।
रास्वपा यसअघि नै सरकारबाट बाहिरिसकेको छ । यद्यपि रास्वापाले सरकारलाई दिएको समर्थन भने कायमै राखेको छ ।

राजनीतिक नेतृत्व र जनप्रतिनिधिमा सुशासन कायम गर्ने दृढ इच्छाशक्ति आवश्यक छ : स…

तीन समितिको बैठक बस्दै

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

तीन संसदीय समितिको बैठक बस्दै

संसदीय समितिमा पानी जहाज विधेयकबारे छलफल हुने

तीन वटा संसदीय समितिको बैठक बस्दै

तीन समितिको बैठक बस्दै, राज्य व्यवस्था समितिमा गृहमन्त्री लेखक जाने

प्रतिक्रिया