राष्ट्रिय सभा उपाध्यक्ष अर्यालको आरोप : राष्ट्रपति भण्डारी सधैँ एमालेको मात्रै भइराख्नुभयो

काठमाडौँ - राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रपति विद्यादेवी भण्डारी नेकपा (एमाले)को मात्रै बनेको आरोप लगाएकी छन् । बिहीबार सिंहदरबास्थित आफ्नो कार्यकक्षमा संसदीय रिपोर्टिङ गर्ने पत्रकारहरूसँगको कुराकानीमा अर्यालले भण्डारी एमालेको मात्रै राष्ट्रपति बनेको आरोप लगाएकी हुन् । राष्ट्रपति भण्डारीले एमालेले जुककुनै विधेयक लगे पनि पास गर्ने तर अन्य पार्टीहरूले लगेको विधेयक पास नगर्ने गरेको उनको आरोप छ ।
उनले नागरिकता विधेयक राष्ट्रपतिले संसद्बाट दुई पटक पास गरेर लैजाँदा समेत फर्काउनु गलत भएको दाबी गरिन् । दुई पटक लैजाँदासमेत विधेयक पास नगर्नु पीडादायी रहेको उनले बताइन् ।
राष्ट्रपति भण्डारीले अरुको इसारामा नागकरिता विधेयक रोकेको दाबी उनले दाबी गरिन् । ‘राष्ट्रपतिले नागरिकता विधेयक दुई-दुई पटक पठाउँदा पनि फर्काउनुभयो,' उनले भनिन्, 'त्यो पीडादायी छ । कसको इसारामा फर्काउनुभयो । राष्ट्रपति भइसकेपछि राष्ट्रको अभिभावको हैसियतले पार्टीको स्तरभन्दा माथि उठेर छलफल गर्नुपर्छ । एकचोटी फर्काउनु ठिक छ । तर, दोस्रो पटक पनि फर्काउनुभयो । संवैधानिक पदमा रहेको मान्छेले त्यस्तो गर्न मिल्छ ? उहाँ सधैँ एमालेको मात्रै राष्ट्रपति भइराख्नुभयो । एमालेले लगेको विधेयक ओके गर्ने कानून बनेर जाँदा रिजेक्ट गर्न मिल्छ र ? राष्ट्रपति भइसकेपछि सबै पार्टीलाई अभिभावकत्वको हिसावले हेर्नुपर्छ । उहाँले कार्यकारी अधिकार नै प्रयोग गर्ने हिसावले रिजेक्ट गर्न मिल्दैन ।'

राजनीतिक नेतृत्व र जनप्रतिनिधिमा सुशासन कायम गर्ने दृढ इच्छाशक्ति आवश्यक छ : स…

तीन समितिको बैठक बस्दै

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

तीन संसदीय समितिको बैठक बस्दै

संसदीय समितिमा पानी जहाज विधेयकबारे छलफल हुने

तीन वटा संसदीय समितिको बैठक बस्दै

तीन समितिको बैठक बस्दै, राज्य व्यवस्था समितिमा गृहमन्त्री लेखक जाने

प्रतिक्रिया