बुधबार ०४ असार, २०८२
Wednesday, June 18, 2025

तारजाली नाघ्नेलाई धनगढी उपमहानगरकाे सम्मान

कैलाली- मोहनापुल–अत्तरिया ६ लेन सडकको मेडियनको तारजाली नाघ्नेलाई धनगढी उपमहानगरपालिकाले सम्मान गरेको छ । धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालले तारजाली नाघ्न हुन्न भन्ने चेतना फैलाउन एक जनालाई खादाले सम्मान गरेका हुन् ।

धनगढी उपमहानगरपालिका वडा नम्बर १३ राजपुरका एक स्थानीयलाई खादासहित सम्मान गरिएको हो । नगरप्रमुख हमालको सचिवालयका अनुसार उनी धनगढी–अत्तरिया ६ लेन सडकको मेडियनमा लगाएको तारजाली नाघिरहेका थिए ।

सडकको सुन्दरताका लागि उपमहानगरपालिकाले ६ लेन सडकको मेडियनमा बिरुवा रोपेर तारजाली लगाएको छ । दुई/दुई सय मिटरको दूरीमा पैदलमार्ग छोडिएको भए पनि मानिसहरूले तारजाली नाघेर वारपार गर्दा बिरुवा र जालीमा असर पर्ने गरेको छ ।