लिखित सहमतिविना विश्वासको मत नदिने नागरिक उन्मुक्तिको अडान

काठमाडौँ - नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम सरकारलाई विश्वासको मत दिन लिखित सहमति गर्नुपर्ने अडान लिएको छ । उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठले शनिबार बिहान सुदूरपश्चिम सरकारले लिन लागेको विस्वासको मतितर संकेत गर्दै दलीय सहमतिको लिखित हस्ताक्षरविना विश्वासको मत दिन नसकिने प्रष्ट पारेकी हुन् । 'दलीय सहमतिको लिखित हस्ताक्षरविना विस्वासको मत दिन सकिँदैन,' उनले भनेकी छन् ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले भोलि (आइतबार ) विश्वासको मत लिँदेछन् । मत लिनेबारे शाहले शुक्रबार साँझ प्रदेश सभा सुदूरपश्चिम प्रदेशका सभामुखलाई पत्र पठाएर जानकारी गराइसकेका छन् ।
सअघि नागरिक उन्मुक्तिले विश्वासको मत नदिँदा एमाले नेतृत्वको सरकार ढलेको थियो । यसअघि गठबन्धनबाट नेकपा एमालेका राजेन्द्र सिंह रावल मुख्यमन्त्रीमा नियुक्त भएका थिए । रावलले तोकेको समयमा विश्वासको मत नपाएपछि ठूलो दलको हैसियतमा कांग्रेसका शाह मुख्यमन्त्रीमा नियुक्त भएका थिए । ५३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि २७ मत आवश्यक पर्छ। नागरिक उन्मुक्तिविना मुख्यमन्त्री शाहले विश्वासको मत लिन असम्भवजस्तै छ ।
सुदूरपश्चिममा कांग्रेसका १९, माओवादीका सभामुखबाहेक १०, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४ र स्वतन्त्र १ सदस्य छ्न् भने एमालेका १० र राप्रपाको एक गरी विपक्षमा ११ मत छ।

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

मङ्गलसेन नगरपालिकाको फोहोर सामुदायिक वनमा

पुर्चौडी कार्यपालिका सदस्य लुहारको निधन

वर्षौंदेखि अधुरा रहेका चार पुल निर्माण अन्तिम चरणमा

बाम्का बजार आगलागी : राहत वितरण गर्न बुढीगङ्गानगर प्रमुख बानियाँको संयोजकत्वम…

बजेट अभावले पुल निर्माणको काम प्रभावित

बाजुरा आगलागीः ३५ पसलमा आठ करोड बढीको क्षति

प्रतिक्रिया