अमरगढीका मेयर र उपमेयरले पनि आफू चढ्ने गाडीलाई बनाए एम्बुलेन्स

धनगढी : डडेल्धुराको अमरगढी नगरपालिकाका मेयर विपिन ओझा र उपमेयर संगिता भण्डारीले आफू चढ्ने गाडीलाई ऐम्बुलेन्स तथा टिप्परलाई शववाहन बनाउने घोषणा गरेका छन् । डडेल्धुरामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि उक्त निर्णय गरिएको नगरपालिकाका सूचना अधिकारी लालबहादुर साउँदले जानकारी दिए ।
उनका अनुसार कोरोना नियन्त्रणका लागि नगरपालिकाले ११ स्वास्थ्य संस्थामा रहेका ४३ जना र विद्यालय नर्सिङ कार्यक्रममा कार्यरत थप १० जना स्टाप नर्स परिचालन गरेको छ । सुदूरपश्चिममा एकमात्र संघीय अस्पताल डडेल्धुरामा छ । डडेल्धुरा अस्पतालमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ भने जनशक्ति र उपकरणको अभाव छ ।
त्यस्तै रुपन्देहीस्थित तिलोत्तमा नगरपालिकाले नगरप्रमुख र उपप्रमुख चढ्ने गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्ने भएको छ ।
र, यो पनि

बाम्का बजार आगलागी : राहत वितरण गर्न बुढीगङ्गानगर प्रमुख बानियाँको संयोजकत्वम…

बजेट अभावले पुल निर्माणको काम प्रभावित

बाजुरा आगलागीः ३५ पसलमा आठ करोड बढीको क्षति

बाम्का बजार आगलागी घटना : पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग

डेरी सञ्चालन गरी समुदायको धारणा बदल्न सफल ललित
सुदूरपश्चिममा कोभिड परीक्षण गर्ने किट अभाव

कैलालीमा पाँच सय ४९ नयाँ उद्योग थपिए

प्रतिक्रिया