लुम्बिनी

मेयर र उपमेयरले बनाए आफू चढ्ने गाडीलाई कोरोना संक्रमित बोक्‍ने एम्बुलेन्स

इकागज |
बैशाख २३, २०७८ बिहिवार ९:३२ बजे

बुटवल : कोभिड १९ का बिरामीहरुको चाप अत्यधिक बढ्‍दै गएपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरप्रमुख र उपप्रमुख चढ्ने गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्ने भएको छ । नगरपालिकाभित्रै दिनप्रतिदिन कोरोना संक्रमितको संख्या थपिदै जाँदा संक्रमितलाई उपचारको लागि अस्पताल लैजान एम्बुलेन्सको अभाव भएकोले नगरप्रमुख र उपप्रमुख चढ्ने गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्ने भएको हो ।

'नगरवासीहरु उपचारका लागि अस्पताल नपुग्ने अवस्था भएपछि हामी गाडी चढेर के गर्ने ? त्यसैले हामी चढने गाडी एम्वुलेन्स बनायौं ' नगरप्रमुख बासुदेव घिमिरेले भने । घिमिरेले लु १ झ ३६० नंं र उपप्रमुख जगेश्वरीदेवी चौधरीले ३२६ नं को स्कार्पियो गाडी प्रयोग गर्दै आएका थिए । यी दुवै गाडीहरु  तिलोत्तमाका सर्वसाधारणको उपचारका लागि प्रयोग हुने छन् ।


गाडीमा सिट र अक्सिजन सिलिण्डर व्यवस्थापन भईरहेको र बिहीबारदेखि नै एम्बुलेन्सको रुपमा प्रयोगमा ल्याईने प्रमुख घिमिरेले जानकारी दिए । तिलोत्तमा नगरपालिकाले यसअघि वडा नं. १ शंकरनगर बनबाटिकामा रहेको स्वास्थ्यचौकीलाई अन्यत्र व्यवस्थापन गरी अक्सिजन सहितको आइसोलेसन अस्पतालको रुपमा सञ्‍चालनमा ल्याइसकेको छ ।


Author

थप समाचार
x