‘हेराफेरी ३’मा संजयदत्तको प्रवेश, कार्तिक आर्यन पनि अतिथि भूमिकामा

मुम्बई- ‘हेराफेरी’को तेस्रो सिक्वेलमा संजय दत्तको पनि अभिनय रहने भएको छ । संजय दत्तले आफैँ भारतीय सञ्चारमाध्यमसँग कुरा गर्दै ‘हेराफेरी ३’ गर्न लागेको जानकारी गराएका छन् । बन्ने नबन्ने चर्चाबीच यो फिल्मको सुटिङ सुरु भएको छ । अक्षयकुमार, सुनिल सेठ्ठी र परेश रावलको मुख्य भूमिका रहेको फिल्मको सेटबाट केही दिनअघि तस्बिर पनि सार्वजनिक भएको थियो ।
तर यो फिल्ममा संजय दत्त पनि रहने खबर आएका छन् । उनले ‘हेराफेरी’ एकदमै सफल फ्रेन्चाइज भएकाले यसको हिस्सा हुन पाउनु खुसीको कुरा भएको बताएका छन् । फिल्ममा संजयले रवि किशनको दाजुको भूमिका निर्वाह गर्न लागेका हुन् ।
उनले फिल्मका निर्माता फिरोज नाडियावाला पुरानो साथी भएको र अक्षय, सुनिल र परेशसँग काम गर्न उत्सुक रहेको बताएका छन् । फिल्म बन्ने चर्चा चलिरहँदा अक्षयकुमार नरहेर उनको ठाउँमा कार्तिक आर्यन रहने खबर आएका थिए ।
तर परेश रावलले फिल्ममा अक्षय नै रहने दाबी गर्दै फिल्ममा कार्तिक आर्यनको पनि अतिथि भूमिका रहेको बताएका थिए । यो भागलाई फरहाद समजीले निर्देशन गर्दैछन् । पहिलो भाग प्रियदर्शन र दोस्रो भाग निरज बोराले निर्देशन गरेका थिए ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया