पीएनजीले दियो यूएईलाई २४७ रनको लक्ष्य

काठमाडौँ- कीर्तिपुरमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा पपुवा न्यूगिनी (पीएनजी) ले युनाइटेड अरब इमिरेट्स (यूएई) लाई २४७ रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २४६ रन जोड्यो । पीएनजीका लागि सेसे बाउले सर्वाधिक ८१ रन बनाए । हिरी हिरीले ७७ रन तथा किपलिन डोरिगाले ५५ रनको योगदान गरे ।
यूएईका लागि आयान अफजल खानले ३ तथा जाहुर खान र जुनैद सिद्दिकीले समान २-२, रोहन मुस्तफा र कार्थिक मयप्पनले १-१ विकेट लिए ।
सिरिजमा पीएनजीले दोस्रो खेल खेल्दै छ । यसअघि बिहीबार पीएनजीले नेपालसँग ५२ रनको पराजय भोगेको थियो । सिरिजमा भने यूएईको यो पहिलो खेल हो ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया