कैलाली र कञ्चनपुरमा आज सार्वजनिक विदा

धनगढी- कैलाली र कञ्चनपुरमा आज सार्वजनिक विदा रहेको छ । राना थारु समुदायको खखडेहरा पर्वको अवसरमा मंगलबार सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक विदा दिइएको हो ।
पर्वको अवसरमा सुदूरपश्चिमका २ जिल्ला कैलाली र कञ्चनपुरमा सुदूरपश्चिम प्रदेश सरकारले विदा दिने निर्णय गरेको हो । प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले एक सूचना जारी गरेर कैलाली र कञ्चनपुरमा रहेका सम्पूर्ण सरकारी कार्यालयहरूमा सार्वजनिक विदा दिएको जानकारी गराएको छ ।
यस अघि चैत १ गते विदा दिने निर्णय गरेको भए पनि अहिले फागुन ३० गते विदा दिने गरी मिति संशोधन गरिएको जनाएको छ । कञ्चनपुर र कैलालीमा बसोबास गर्ने रानाथारू समुदायले आफ्नो सबैभन्दा ठूलो महत्वपूर्ण पर्व होरीको अन्तिम दिनका रुपमा खखडेहरा मनाउँछन् ।

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

मङ्गलसेन नगरपालिकाको फोहोर सामुदायिक वनमा

पुर्चौडी कार्यपालिका सदस्य लुहारको निधन

वर्षौंदेखि अधुरा रहेका चार पुल निर्माण अन्तिम चरणमा

बाम्का बजार आगलागी : राहत वितरण गर्न बुढीगङ्गानगर प्रमुख बानियाँको संयोजकत्वम…

बजेट अभावले पुल निर्माणको काम प्रभावित

प्रतिक्रिया