बुधबार ०४ असार, २०८२
Wednesday, June 18, 2025

लागूऔषधसहित एक जना पक्राउ

कञ्चनपुर- कञ्चनपुरबाट लागूऔषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

जिल्लाको बेदकोट नगरपालिका–७ बाट लागूऔषध चरेशसहित मदनदेव भट्टलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई ०.०७२ ग्राम लागूऔषध चरेशसहित पक्राउ गरेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय बेलौरीबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउगरी आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।