अस्ट्रेलियाविरुद्धको पहिलो एकदिवसीयमा भारतको सहज जित
काठमाडौँ- पाहुना टोली अस्ट्रेलियाविरुद्धको पहिलो एकदिवसीय क्रिकेट खेल भारतले ५ विकेटले जितेको छ । वाङ्खेडे स्टेडियममा शुक्रबार राति जितका लागि चाहिएको १ सय ८९ रनको लक्ष्य भारतले ३९ ओभर ५ बलमा ५ विकेट गुमाएर पूरा गर्यो । जितसँगै ३ खेलमा सिरिजमा भारतले १-० को अग्रता लिएको छ ।
भारतलाई जित दिलाउन केएल राहुलले सर्वाधिक ७५ रन तथा रविन्द्र जडेजाले ४५ रनको योगदान गरे । अस्ट्रेलियाका मिचेल स्टार्कले ३ तथा मार्कस स्टोइनिसले २ विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ३५ ओभर ४ बलमा सबै विकेट गुमाउँदै १ सय ८८ रन जोड्यो । उसका लागि मिचेल मार्सले सर्वाधिक ८१ रन बनाए ।
भारतका मोहमद सामी र मोहमद सिराजले समान ३-३ विकेट हात पारे ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया