रियलमाथि बार्सिलोनाको जित

काठमाडौँ- स्पेनिस ला लिगाअन्तर्गत शीर्ष स्थानको बार्सिलोनाले रियल मड्रिडमाथि जित हात पारेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले दोस्रो स्थानको रियल मड्रिडलाई २-१ गोलअन्तरले पराजित गर्यो ।
बार्सिलोनाको जितमा सर्जियो रोबर्टो र फ्रान्क केसीइले एक-एक गोल गरे । बार्सिलोनाका रोनाल्ड अराउजोले आत्मघाती गोल गरे ।
अराउजोले नवौं मिनेटमा गरेको आत्मघाती गोलमा रियल मड्रिडले अग्रता बनाएपनि सर्जियोले ४५ औँ मिनेटमा बराबरी गोल गरे । फ्रान्कले दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै बार्सिलोनालाई जित दिलाए ।
जितसँगै बार्सिलोनाले २६ खेलबाट ६८ अंक जोडेको छ । दोस्रो स्थानको रियल मड्रिडको ५६ अंक छ ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया