बुधबारदेखि अन्तर्राष्ट्रिय प्रतियोगिता, तर फुटबल प्रशिक्षकको श्रम स्वीकृति अझै बाँकी

काठमाडौँ- अखिल नेपाल फुटबल संघ (एन्फा) ले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबारबाट प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिता आयोजना गर्दैछ ।
सिंगल राउन्ड रोबिनको आधारमा हुने प्रतियोगितामा आयोजक नेपालसँगै भुटान र लाओसको सहभागिता हुँदैछ । प्रतियोगिताका भुटान र लाओसको टिम समेत नेपाल आइसकेको छ ।
तर, एन्फाले फागुन १७ मा नियुक्त गरेको राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसीले श्रम स्वीकृति अझै पाउन सकेको छैन ।
एन्फाका वरिष्ठ उपाध्यक्ष विरबहादुर खड्काले भने राष्ट्रिय खेलकुद परिषद्बाट श्रम स्वीकृतिका लागि प्रकृया पूरा भएको तथा एक वा दुई दिनमा मुख्य प्रशिक्षकको श्रम स्वीकृतिको काम टुंगिने बताए ।
खड्काले भने श्रम स्वीकृति नआएको खण्डमा पनि भिन्सेन्जो मुख्य प्रशिक्षककै भूमिकामा प्रतियोगितामा रहने उल्लेख गरे ।
यता मुख्य प्रशिक्षकले भने अहिलेसम्म बन्द प्रशिक्षणमा रहेका खेलाडी तथा अन्तिम टोलीमा रहने खेलाडीको नाम सार्वजनिक गरेका छैनन् ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया