थप ५० संक्रमितको ज्यान गयो, ९ हजार संक्रमित थपिए

काठमाडौँ : नेपालमा शुक्रबार थप ९ हजार १९६ जनामा कोभिड-१९ पुष्टि भएको छ । मुलुकका विभिन्न स्थानमा गरिएको १९ हजार ९८७ पीसीआर परीक्षण गर्दा ९ हजार २३ जना र ४९५ एन्टीजेन परीक्षण गर्दा १७३ जनामा कोभिड देखिएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ५० संक्रमितको ज्यान गएको छ भने हालसम्म तीन हजार पाँच सय ७९ जनाको कोभिडका कारण मृत्यु भएको हो ।
त्यस्तै थप दुई हजार नौ सय ५ जना संक्रमित निको भएका छन् । हालसम्म नेपालमा दुई लाख ९५ हजार ३ सय ९५ जना कोरोना संक्रमित मुक्त भएका छन् । हाल ७८ हजार ६ सय २९ सक्रिय संक्रमित आइशोलेशन र ३८० क्वारेन्टााइनमा छन् । हालसम्म नेपालमा ३७ लाख ७६ हजार ६ सय ३ वटा पिसिआर परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

दुर्गम क्षेत्र खोक्सिकमा स्वास्थ्यचौकी भवन निर्माण

पोखराको सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा सेवाग्राहीको चाप

लुम्बिनीका पाँच जिल्लामा पोषण विशेष कार्यक्रम सञ्चालन गरिने

घरमा नै बसेर फाेहाेर कानकाे सहज उपचार विधि जान्नुहाेस्
सीमा नाकामा कोरोनाको जोखिम कायमै

बागलुङका छ हजार बढी बालबालिकालाई लगाइयो सबै खोप

न्यूरो केयर फाउन्डेशन नेपालले गोकर्णेश्वरमा एक दिने निशुल्क शिविर आयोजना गर्दै

प्रतिक्रिया