पाकिस्तानले एसिया कप आयोजना गर्दा भारतको खेल अर्कै देशमा

काठमाडौँ- सन् २०२३ को एसिया कप पाकिस्तानले आयोजना गर्ने भएपनि भारतले खेल्ने खेल भने पाकिस्तान बाहिरै हुने सम्भावना रहेको छ । एकदिवसीय प्रतियोगिता सेप्टेम्बरमा आयोजना हुनेछ ।
क्रिकइन्फोले जनाए अनुसार भारतको क्रिकेट बोर्ड (बीसीसीआई) र पाकिस्तान क्रिकेट बोर्ड (पीबीसी) ले भारतको खेल अन्य कुनै मुलुकमा खेलाउने प्रारम्भिक सहमती भएको छ । तर यसका लागि दुबै देशको सरकारको सहमति पनि आवश्यक छ ।
पाकिस्तानबाहेकको खेल स्थल सुनिश्चित नभएपनि भारतले खेल्ने खेल यूएई, ओमान, श्रीलंका अथवा इंग्ल्यान्ड मध्ये एक देशमा खेलाउन सकिने प्रारम्भिक अनुमान गरिएको छ ।
एसिया कपका लागि पाकिस्तान र भारत एकै समूहमा रहेका छन् । थप एक टिम नेपालमा आयोजना हुने एसीसी प्रिमियर कपबाट छनोट हुनेछ । अर्को समूहमा श्रीलंका, बंगलादेश र अफगानिस्तान रहेका छन् । भारत र पाकिस्तानबीचको खेल समूह चरणमै हुने निश्चित छ ।
भारतले पाकिस्तानमा खेल्न नस्कने दावी गरेपछि पाकिस्तानले पनि प्रतियोगिताको सबै खेल पाकिस्तान बाहिर भए आफूहरुले प्रतियोगितामा सहभागी नहुने जनाएको थियो ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया