नेपाल र भियतनामबीचको खेल चैत २२ र २५ मा

काठमाडौँ- पेरिस ओलम्पिक अन्तर्गतको महिला फुटबल छनोटमा नेपालले भियतनामविरुद्ध चैत २२ र २५ गते खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार पत्रकार सम्मेलनमार्फत एसियन क्वालिफायर्स राउन्ड-१ अन्तर्गत नेपाल र भियतनामबीचको खेल चैत २२ र २५ मा हुने जनाएको हो ।
समूह ‘सी’ मा रहेका नेपाल र भियतनामबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ बजेबाट सुरु हुनेछ । यस समूहको विजेता टोली दोस्रो चरणको लागि छनोट हुनेछ ।
समूह ‘सी’ मा रहेका अफगानिस्तान र प्यालेस्टाइनले नाम फिर्ता लिएपछि नेपाल र भियतनामले मात्र छनोट खेल्न लागेका हुन् ।
छनोटका लागि अहिले नेपाली टिम बन्द प्रशिक्षणमा रहेको छ । एन्फाका प्रवक्ता सुरेश शाहले छनोट खेलका लागि टिकट दर ३ सय र एक हजार तोकिएको बताए ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया