फ्रान्सले लगातार दुई खेल जित्दा नेदरल्यान्ड्स पनि विजयी

काठमाडौँ- युरोपियन च्याम्पियनसीप छनोटअन्तर्गत फ्रान्सले लगातार दोस्रो जित हात पारेको छ । समूह ‘बी’ अन्तर्गतको खेलमा फ्रान्सले आयरल्यान्डलाई १-० गोलअन्तरले पराजित गर्यो ।
फ्रान्सको जितमा बेन्जामिन पाभार्टले निर्णायक गोल गरे । गत वर्षको फिफा विश्वकपको उपविजेता फ्रान्सलाई आयरल्यान्डले पहिलो हाफमा बराबरीमा रोकेपनि पाभार्टले भने ५० औँ मिनेटमा गोल गर्दै फ्रान्सलाई जित दिलाए ।
समूह ‘बी’ मै रहेको नेदरल्यान्ड्सले भने १० खेलाडीमा सिमित गिब्रालटारलाई ३-० ले पराजित गर्यो । नेदरल्यान्ड्सको जितमा नाथन आकेले २ तथा मेमफिस डिपेले एक गोल गरे ।
नेदरल्यान्ड्सको दुई खेलमा यो पहिलो जित हो ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया