आयोजक ललितपुर मेयर्स चारवटै खेलमा पराजित

काठमाडौँ- आयोजक ललितपुर मेयर्स-११ चारवटै खेलमा पराजित हुँदै ललितपुर मेयर्स कप महिला टी-ट्वान्टी क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार चौथो तथा अन्तिम खेलमा ललितपुर मेयर्सले फाइनलमा पुगिसकेको नेपाल एपीएफ क्लबसँग ३७ रनको पराजय भोग्यो । एपीएफको यो लगातार चौथो जित हो ।
मंगलबारको खेलमा १ सय ११ रनको लक्ष्य पछ्याएको ललितपुर मेयर्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ७३ रन जोड्यो । ललितपुर मेयर्सका लागि सोनी पाख्रिनले १५ रन तथा सिमाना केसी र लक्ष्मी चौधरीले समान १०-१० रन जोडे । एपीएफका लागि राजमति ऐरी र विनु बुढाले २-२ तथा सीता राना मगर, सुष्मा श्रेष्ठ, इन्दु बर्माले १-१ विकेट हात पारे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय १० रन जोड्यो । एपीएफका लागि राजमती ऐरीले अविजित ४१ रनको योगदान गरिन् । ललितपुर मेयर्सका लागि सिमना केसी र श्रृष्टि जैसीले २-२ विकेट लिए ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया