नयाँ पार्टी खोल्ने भीम रावलको संकेत

धनगढी- नेकपा एमालेका नेता भीम रावलले जनताको चाहनाअनुसार आगामी कदम चाल्ने बताएका छन् ।
मंगलबार धनगढीमा पत्रकार सम्मेलन आयोजना गर्दै नेता रावलले पार्टीबाट किनारा लागाएको अवस्थामा जनताको चाहनाअनुसार अघि बढ्ने बताउँदै जनताले नयाँ पार्टी खोल्न सुझाव दिए त्यसैअनुसार अघि बढ्न सकिने बताए ।
‘मैले देशको हितमा काम गर्दै आएको छु, पार्टीको गतिविधि विपरित काम पनि गरेको छैन’ रावलले भने ‘तर कसै अमुख व्यक्तिका कारण मलाई किनारा लगाउन खोजिँदैछ, अहिले पनि सहेर बसेको छु तर अब यस्तै भए विकल्प सोच्न बाध्य हुनेछु ।’
उनले एमालेमा सुदूरपश्चिमका नागरिकलाई नेतृत्वमा आएको देख्न नसक्नेहरूले आफूलाई किनारा लगाएको आरोप लगाए । 'एमाले अध्यक्ष केपी ओलीसँग ८ औँ महाधिवेशनमा झलनाथ खनालले प्रतिष्पर्धा गरेर जितेका थिए, ९ औँ महाधिवेशनमा माधव नेपालले प्रतिष्पर्धा गरे केही भएन’ रावलले भने ‘तर सुदूरपश्चिमबाट मैले प्रतिष्पर्धा गर्दा त्यो सुहाएन रे, पार्टीको विधानमै सुदूरपश्चिमबाट प्रतिष्पर्धा गर्न नपाइने लेखिदिए हुन्छ अब ।’

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

मङ्गलसेन नगरपालिकाको फोहोर सामुदायिक वनमा

पुर्चौडी कार्यपालिका सदस्य लुहारको निधन

वर्षौंदेखि अधुरा रहेका चार पुल निर्माण अन्तिम चरणमा

बाम्का बजार आगलागी : राहत वितरण गर्न बुढीगङ्गानगर प्रमुख बानियाँको संयोजकत्वम…

बजेट अभावले पुल निर्माणको काम प्रभावित

प्रतिक्रिया