धनगढीमा नवौं संस्करणको हाफ म्याराथन हुँदै

कैलाली । नयाँ वर्षको अवसर पारेर धनगढी जेसिजले हाफ म्याराथन प्रतियोगिताको आयोजना गर्ने भएको छ । "अब धनगढी दौडिन्छ" भन्ने मूल नाराका साथ धनगढी जेसिजले नवौं संस्करणको हाफ म्याराथन प्रतियोगिताको आयोजना गर्न लागेको हो ।
धनगढी जेसिजले आज पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त कुराको जानकारी गराएको हो । धनगढी जेसिजका अध्यक्ष मोहन ओझाले प्रतियोगिता वैशाख १ गते बिहान ७ बजे धनगढी रंगशालाबाट सुरु हुने बताए । उनले म्याराथन प्रतियोगितामा विभिन्न ४ विधा समावेश गरिएको जानकारी दिए ।
म्याराथन प्रतियोगितामा खुला (२१.१ किलोमिटर), कर्पोरेट र सञ्चार (५ किलोमिटर), ट्राइसाइकल रेस (५ किलोमिटर) र महिला (५ किलोमिटर) गरि चार विधा आयोजना गर्न लागेको प्रतियोगिताका संयोजक मनिष कुँवरले बताए ।
म्याराथन प्रतियोगितामा खुला तर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ५५ हजार ५५५, ३३ हजार ३३३ र २२ हजार २२२ रुपैयाँ नगद प्राप्त गर्नेछन । त्यस्तै कर्पोरेट र संचार तर्फ ५ हजार ५५५, ३ हजार ३३३ र २ हजार २२२ रुपैयाँ पुरस्कार राखिएको संयोजक कुँवरले बताए । यसैगरी, ट्राइसाइकलतर्फ सहभागी सबैलाई पुरस्कार दिइने बताउँदै संयोजक ओझाले महिलातर्फ बिजयी हुनेले क्रमशः ५ हजार ५५५, ३ हजार ३३३ र २ हजार २२२ रुपैया पुरस्कार दिइने बताए ।

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

मङ्गलसेन नगरपालिकाको फोहोर सामुदायिक वनमा

पुर्चौडी कार्यपालिका सदस्य लुहारको निधन

वर्षौंदेखि अधुरा रहेका चार पुल निर्माण अन्तिम चरणमा

बाम्का बजार आगलागी : राहत वितरण गर्न बुढीगङ्गानगर प्रमुख बानियाँको संयोजकत्वम…

बजेट अभावले पुल निर्माणको काम प्रभावित

प्रतिक्रिया