पर्यटन मन्त्री किराँतीले भनेः विमानस्थलमा व्यागेज चोरिएको घटनाहरू सत्य हो ?

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आकस्मिक बैठक बसी ब्यागेज चोरिएको घटनाको सत्य पक्ष उजागर गर्ने बताएका छन् ।
बिहीबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आकमिक बैठक बसी निम्न प्रश्नको जवाफ मागेको सामाजिक सञ्जालमा प्रस्ट पारेका छन् । ‘अब उत्तर बोलेर, लेखेर होइन परिणाममा खोजेको छु,’ उनले भनेका छन् ।
१, व्यागेज चोरिएको घटनाहरु सत्य हो ?
२, अराइभलमा यात्रु लड्ने विद्युतीय भर्याङ्ग के हुँदैछ कहिलेसम्म बनि सक्छ ?
३, सरसफाई अभियान के कस्तो चल्दै छ ?
४, समयमा जहाज उड्दैछ कि छैन ?
५, यात्रु मैत्री एयरपोर्ट बन्दै छ कि छैन ?
६, एयरपोर्ट भित्र महङ्गी नियन्त्रण भयो कि भएन ?
७, ब्रेक बिनाको ट्रली फेर्ने काम कहाँ पुग्यो ?
८, शाैचालय भित्र बजि रहेको सङ्गित किन बन्द भयो ?
९, महिला सौचालयमा सेनिट्यारी प्याड राख्ने काम के भयो ?
१०, एयरपोर्ट अगाडिको ब्यूटिफिकेशन के भयो ?
११, एयरपोर्ट भित्र कुकुर र बाँदर कसरी पस्यो ?
१२, एयरपोर्ट भित्र वाईफाई प्रभावकारी किन चल्दैन ?

व्यवसायीलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयकमाथि छलफल सुरु

शहरी विकास मन्त्रालयको के-के छ प्रगती ?

नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापा नियुक्त

पूर्वविशिष्टलाई दिने सेवा सुविधालाई व्यवस्थित गर्न कानुन बन्दै : गृहमन्त्री लेखक
राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने गृहमन्त्रीको निर्णय

प्रतिक्रिया