ओलम्पिक छनोटः महिला फुटबल टिम घोषणा

काठमाडौँ- पेरिस ओलम्पिकका लागि हुने एसियन छनोटका लागि २२ सदस्यीय नेपाली राष्ट्रिय महिला फुटबल टिम घोषणा भएको छ । महिला टिमका मुख्य प्रशिक्षक अनन्त राज थापाले शुक्रबार २२ सदस्यीय टिमको घोषणा गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
एसियन छनोटको पहिलव चरण अन्तर्गत नेपालले भियतनामविरुद्ध अप्रिल ५ र ८ मा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल्ने तालिका रहेको छ ।
समूह ‘सी’ मा रहेका अफगानिस्तान र प्यालेस्टाइनल नाम फिर्ता लिएपछि नेपाल र भियतनामबीच मात्र खेल हुने भएको हो ।
नेपाली टिमः
गोलरक्षकः कप्तान अन्जिला तुम्बापो सुब्बा, अन्जना राना मगर, उषा नाथ
डिफेन्डरः समिक्षा घिमिरे, हिरा कुमारी भुजेल, अमृता जैसी, विमला विक, निशा ठोकर, पुजा राना, सृजना चेम्जोङ
मिडफिल्डरः रेणुका नगरकोटे, बिमला चौधरी, सरु लिम्बु, दिपा शाही, सविता राना मगर, अनिता बस्नेत, अनिता केसी
फरवार्डः अमिशा कार्की, रेखा पौडेल, सावित्रा भण्डारी, रश्मी कुमारी घिसिङ, निर्मला विक

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया