परीक्षा केन्द्र वरिपरि मदिरा बेच्न रोक
बैतडी- बैतडीको मेलौली नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई)को केन्द्र तोकिएका विद्यालय वरिपरिका क्षेत्रलाई मदिरा निषेधित क्षेत्र घोषणा गरेको छ ।
शुक्रबारदेखि सञ्चालन हुने एसईईलाई मार्यादित वातावरणमा सम्पन्न गर्नका लागि मणिलेक मावि काँडा, दुर्गा मावि खलिगाड र विजयपुर मावि तितावै आसपासका क्षेत्रलाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको नगर प्रमुख भीमबहादुर चन्दले बताए। ती क्षेत्रहरुमा परीक्षा अवधिभर कसैले मदिराको कारोबार गरेमा कानुन अनुसार कारवाही गरिने नगरपालिकाले जनाएको छ ।
यस्तै परीक्षाको अवधिमा दैनिक उपभोग्य वस्तु तोकिएको दररेट भन्दा बढीमा विक्रि नगर्न आग्रह गरिएको छ। कसैले तोकिएको दररेट भन्दा बढीमा उपभोग्य वस्तु विक्रि गरेमा कारबाही हुने नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

मङ्गलसेन नगरपालिकाको फोहोर सामुदायिक वनमा

पुर्चौडी कार्यपालिका सदस्य लुहारको निधन

वर्षौंदेखि अधुरा रहेका चार पुल निर्माण अन्तिम चरणमा

बाम्का बजार आगलागी : राहत वितरण गर्न बुढीगङ्गानगर प्रमुख बानियाँको संयोजकत्वम…

बजेट अभावले पुल निर्माणको काम प्रभावित

प्रतिक्रिया