सिटीसँग पराजित भएपछि लिभरपुलका खेलाडी चढेको बसमाथि आक्रमण

काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत म्यानचेस्टर सिटीसँग पराजित भएपछि लिभरपुलका खेलाडी चढेको बसमाथि आक्रमण भएको छ । सिटीको घरेलु मैदान इतिहाद स्टेडियममा शनिबार सम्पन्न खेलका क्रममा सिटीले लिभरपुललाई ४-१ गोलअन्तरले पराजित गरेको थियो ।
खेलपछि फर्कने क्रममा लिभरपुलका खेलाडी तथा पदाधिकारीहरू चढेको बसमा इट्टाले प्रहार भएको बेलायती संचारमाध्यम मिररले जनाएको छ । ग्रेटर म्यानचेस्टर पुलिसले घटनाबारे छानबिन सुरु गरेको छ ।
यता सिटीले भने बसमाथि भएको आक्रमणको निन्दा गर्दै त्यस्ता कार्य अस्वीकार्य हुने जनाएको छ । सिटीले छानबिनमा प्रहरीलाई सहयोग गर्ने समेत जनाएको छ ।
आक्रमणमा कोही पनि घाइते भने नभएको बीबीसीले जनाएको छ ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया