लखनउ आईपीएलको शीर्ष स्थानमा उक्लियो

काठमाडौँ- लखनउ सुपर जायन्ट्स इन्डियन प्रिमियर लिग (आईपीएल) को शीर्ष स्थानमा उक्लिएको छ । शुक्रबार राति सनराइजर्स हैदराबादलाई ५ विकेटले पराजित गर्दै लखनउ शीर्ष स्थानमा उक्लिएको हो ।
लखनउले ३ मध्ये २ खेल जित्दै चार अंक जोडेको छ । साविक विजेता गुजरात टाइटन्स र पञ्जाव किंग्सको समान ४-४ अंक भएपनि नेटरन रेटका आधारमा लखनउ भन्दा तल छन् ।
शुक्रबार रातिको खेलमा १ सय २२ रनको लक्ष्य लखनउले १६ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । लखनउका लागि कप्तान केएल राहुलले ३५ र क्रुनाल पाण्ड्याले ३४ रन बनाए । हैदराबादका लागि आदिल रसिलले सर्वाधिक २ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २१ रनमात्र जोड्यो । उसका लागि राहुल त्रिपाठीले ३४ रन तथा अनमोलप्रित सिंहले ३१ रन बनाए । लखनउका क्रुनाल पाण्ड्याले ३ र अमित मिश्राले २ विकेट हात पारे ।
आईपीएलमा आज दुई खेल हुने तालिका रहेको छ । पहिलो खेलमा राजस्थान रोयल्सले दिल्ली क्यापिटल्सविरुद्ध खेल्दा दोस्रो खेल मुम्बई इन्डियन्स र चेन्नई सुपर किंग्सबीच हुनेछ ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया