‘प्रसाईंसँग आर्थिक लेनदेनको अडियोमा भएको आवाज उहाँकै हो’

काठमाडौं– मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग आर्थिक लेनदेनको ‘फोन टेप’मा बोल्ने व्यक्ति पार्टीकै सांसद डा. ढाकाकुमार श्रेष्ठकाे भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का एक नेताले पुष्टि गरेका छन् । नाम खुलाउन नचाहेका ती नेताले उक्त आवाज सांसद श्रेष्ठकै भएकाे इकागजलाई बताए ।
‘त्यो सुनिरहेकै आवाज भएकाले त्यो उहाँकै आवाज हो भनेर छुट्याउन गाह्रो छैन,’ सांसदसमेत रहेका ती नेताले भने, ‘उहाँले एकैचोटि ठूलो छलाङ मार्न खोज्नुभएछ । अब यसमा पार्टी सभापति रवि लामिछाने, संसदीय दलको नेतालगायतले छानबिन गर्नुपर्छ । उहाँमाथि कारबाहीको प्रक्रिया अगाडि बढाउनुपर्छ ।’
अब संसद्ले के गर्छ ?
प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद २६ मा सदस्यको आचरण र अनुगमनसम्बन्धी व्यवस्था गरिएकाे छ । सो परिच्छेदमा प्रतिनिधिसभा सदस्यले पालना गर्नुपर्ने ९ बुँदे संहिता उल्लेख छ । संहिताको बुँदा नम्बर दुई र चारमा क्रमशः समाजमा विद्यमान सार्वजनिक नैतिकता र आचरण अनुकूलको व्यवहार गर्ने र आफ्नो कर्तव्य निःस्वार्थ रूपमा इमान्दारीपूर्वक तथा वस्तुनिष्ठ भई उत्तरदायीपूर्ण रूपमा पालन गर्नुपर्ने व्यवस्था गरिएको छ।
नियमावलीअनुसार आचारसंहिता उल्लंघन गरेको आरोप लागेको सदस्यमाथि आचरण तथा अनुगमन समितिले छानबिन गरी पुष्टि भए कारबाही हुन्छ ।
आइतबार समानुपातिक सांसद श्रेष्ठले प्रसाईंसँग आफूलाई मन्त्री बनाउन पार्टीले दुई करोड मागेको र उक्त रकम दिएर आफूलाई सहयोग गर्न आग्रह गर्दै गरेको अडियो सार्वजनिक भएको थियो । अडियो सार्वजनिक भएपछि रास्वपाले श्रेष्ठलाई सांसद र पार्टी सदस्यका रूपमा कुनै काम गर्न नपाउने गरी निलम्बन गरेको छ । पार्टीले उनीमाथि अनुसन्धान गर्ने निर्णय गरेको छ ।
र, याे पनि :
आर्थिक लेनदेनको 'फोन टेप' बाहिरिएपछि रास्वपा सांसद ढाकाकुमार श्रेष्ठ निलम्बित

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया