बागमती प्रदेशमा नवनियुक्त दुई मन्त्रीले लिए शपथ

मकवानपुर- बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आइतबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । नेपाली कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामा र तिर्थ लामालाई मन्त्रिपरिषदमा सहभागी गराउँदै मुख्यमन्त्री शालिकरा जम्कट्टेलले मन्त्रिपरिषद् विस्तार गरेका हुन् । नेपाली कांग्रेस संसदीय दलका नेता लामाको नेतृत्वमा प्रदेश सरकारमा सहभागी भएकाे हाे ।
आइतबार साँझ प्रदेश प्रमुख कार्यालय हेटौंडामा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नव नियुक्त मन्त्रीद्वय लामाले पद तथा गाेपनीयताकाे सपथ खुवाएका हुन् । दलका नेता लामा आर्थिक मामिला तथा योजना मन्त्रालयकाे र तिर्थ लामालाई खानेपानी सिँचाइ तथा उर्जा मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
मुख्यमन्त्री जम्मकट्टेलले प्रदेश सभामा विश्वासको मत लिएको १६ दिनपछि आइतबार २ जना मन्त्री मात्र नियुक्त गरेका हुन् । यसअघि प्रदेशमा मन्त्रिपरिषद विस्तार नहुँदा मुख्यमन्त्रीले मुख्यमन्त्रीसहित ८ वटा मन्त्रालयकाे जिम्मेवारी सम्हाल्दै आएका थिए । अझै ५ वटा मन्त्रालयमा मन्त्री नियुक्त गर्न बाँकी रहेकाे छ । कांग्रेससहितका दलहरूले मन्त्री बन्नेहरूको नामावली नपठाउँदा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको हो ।
अरु बाँकी मन्त्री तथा मन्त्रालयकाे विषयमा छिट्टै निर्णयमा पुग्ने गरी नेपाली कांग्रेस मन्त्रिपरिषदमा सहभागी भएकाे बताइएकाे छ । नेकपा एकीकृत समाजवादीका तर्फबाट पनि आइतबार नै मन्त्री बनाउने तयारी भएपनि मन्त्री बन्नेको नाम प्राप्त नभएकोले मन्त्रिपरिषदमा कांग्रेसका २ जना मात्र सहभागी गराइएकाे हाे ।

शिक्षा समितिमा विधालय शिक्षा बिधेयक माथी छलफल हुने

परराष्ट्रमन्त्री देउवासँग जापानका उपविदेशमन्त्रीको भेट

जलवायुको असर हिमाली क्षेत्रमा धेरै, क्षतिपूर्तिका लागि विश्वको ध्यानाकषर्ण

डोटी पुगेर प्रचण्डले भने- जनबलमा सत्तामा पुग्यौँ

रेमिट्यान्सका नाममा अवैध पैसा भित्रिरहेको आशंका छ : शेखर कोइराला

गृहमन्त्री लेखक र पर्यटनमन्त्री पाण्डे सगरमाथा आधार शिविरमा

नेपालमा कुनै संकट छैन : प्रधानमन्त्री ओली

प्रतिक्रिया