वैशाख १५ मा रिलिज हुने भयो ‘प्रसाद २’

काठमाडौँ- चैत्र २४ गते उच्च अदालत पाटनको अल्पकालीन अन्तरिम आदेशका कारण रोकिएको फिल्म ‘प्रसाद २’को प्रदर्शन अब नयाँ मितिमा हुने भएको छ । यो फिल्मको निर्माणपक्षले फिल्मलाई आउँदो वर्षको वैशाख १५ गते रिलिज गर्ने पक्का भएको छ । उच्च अदालत पाटनले फिल्म रोक्नु सुविधाजनक नहुने भन्दै अन्तरिम आदेश सुनाएपछि फिल्म रिलिजको बाटो खुलेको थियो ।
आर्थिक लेनदेनको विषयलाई लिएर विवाद बढेपछि यो फिल्मको प्रदर्शन रोक्ने भन्दै केशव पाण्डेले फिल्म रोकी पाउँ भनी अदालतमा मुद्दा दायर गरेका थिए । पाण्डेले फिल्मका एक निर्माता सुवास थापालाई ६२ लाख दिएको तर सो पैसा फिर्ता नपाएको भन्दै प्रहरीसँगै चलचित्र विकास बोर्डमा पनि उजुरी दिएका थिए ।
अब, यो फिल्मलाई वैशाखको १५ गतेबाट देश र विदेशमा रिलिज गर्ने निर्देशक सुदर्शन थापाले बताएका छन् । यो फिल्ममा विपिन कार्की, केकी अधिकारी, अर्पण थापा, महेश त्रिपाठी लगायतका कलाकारको मुख्य भूमिका छ । सुभाष थापाको प्रस्तुतिमा तयार भएको फिल्मका निर्माता सुदर्शन बस्नेत हुन् । सुशिल पौडेलले यो फिल्मको कथा लेखेका हुन् ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया