ओखलेको शिरमा बेलढुङ्गा, हाइकिङसँगै हिमाल र सूर्याेदय हेर्ने उत्कृष्ट गन्तव्य

बेलढुङ्गा ‘हाइकिङ’ लाई उत्कृष्ट
गलेश्वर- चारैतिर घनाजङ्गल । जङ्गलकोबीच भागमा चेप्टो बेल आकृतिको विशाल चट्टान । चट्टानको शिरसम्म पुग्न ढुङ्गा बिछ्याइएको दुई सय ६० मिटर लामो पदमार्ग । उत्तरतर्फ चाँदीझै टल्कने सेता हिमाल । चैत–वैशाखमा राताम्यै फूलेका लालीगुराँस । नागबेली परेको म्याग्दी नदी जङ्गलको एकान्तमा चिटिक्क परेको स्वर्गाश्रम । धवलागिरि क्षेत्रका दर्जर्नौ ग्रामीण बस्ती । बेलढुङ्गाको शिरमा चढेपछि आँखैँ अगाडि देखिने दृश्य हो यो ।
म्याग्दीको बेनी नगरपालिका– ३ भकिम्ली र बागलुङको काँठेखोला गाउँपालिका– ३ ओखलेको शिरमा छ बेलढुङ्गा ।
समुद्री सतहदेखि दुई हजार ६ सय १४ मिटर उचाइको बेलढुङ्गामा वसन्तऋतुसँगै आन्तरिक पर्यटकको भीड लागेको छ । गतवर्ष सात हजार आन्तरिक पर्यटक बेलढुङ्गामा पुगे । यस वर्ष चैत २६ गतेसम्म १२ हजार बढी आन्तरिक पर्यटक आएका स्थानीय गणेश श्रीषले बताए ।
पदमार्ग र साइकल लेन बनेपछि हाइकिङलाई बेलढुङ्गा गन्तव्य बनेको स्थानीय रत्न जिसीले बताए । टाढाटाढाबाट बास बस्ने गरी आएका पर्यटकका लागि नजिककै ओखले गाउँमा सामुदायिक घरबास (होमस्टे) बनेपछि खाना र बासको समस्या नहुँदा हाइकिङलाई दैनिक सय हाराहारी पर्यटक आउछन् ।
बेलढुङ्गाबाट अन्नपूर्ण र धौलागिरिका १२ हिमशृङ्खला, म्याग्दी नदी, कालीगण्डकीसहित म्याग्दी र बागलुङ जिल्लाका खोला तथा झरनाको नागबेली दृश्य, साविकको धौलागिरि अञ्चलका चारवटै जिल्लाका गाउँ, वनजङ्गल, जङ्गली जनावर र पक्षी देख्न सकिन्छ । साथै सूर्योदय र सूर्यास्तको रमणीय दृश्य देख्न सकिने बेनी नगरपालिका– ३ का वडाअध्यक्ष पदम पुनले बताए ।
बेलढुङ्गामा पर्यटकीय पूर्वाधार निर्माणका लागि बेनी नगरपालिका–३ र बागलुङको काँठेखोला गाउँपालिका– ३ ओखलेको ४० लाख बढी खर्च भएको वडाअध्यक्ष पुनले जानकारी दिए । सडक निर्माणका लागि प्रदेश सरकारले लगानी गरेको छ । अहिले गुलजार बनेको बेलढुङ्गा एक दशक अघिसम्म गुमनाम थियो । सडकको म्याग्दी र बागलुङ दुवैतिरबाट पहुँच, पदमार्ग निर्माण, साइकल लेन, होमस्टे, पार्किङलगायतका पूर्वाधार बनेपछि यहाँ अहिले दैनिक पर्यटक बढेका छन् । आन्तरिक पर्यटक बढेपछि पूर्वाधार निर्माणको होडबाजी चलेको छ ।
हिउँदमा हिउँ खेल्न र गर्मीमा शीतलको खोजी गर्दै यहाँ आउनेहरुले चहलपहल बढाएको छ । यसवर्ष हिउँ परेन । तर सूर्योदय र दृश्यावलोकन गर्नेको कमी भने भएन ।
सामाजिक सञ्जालमा यहाँका तस्वीर–भिडियो देखेर घुम्न आएको तोराखेतकी सरस्वती सापकोटाले बताइन् । “यो ठाउँ साँच्चिकै स्वर्गजस्तो रहेछ । हिमाल पनि आँखै अगाडि देखिने, डाँडाकाँडा, वनजङ्गल, पशुपक्षी सबै देख्न पाइने । २२ जनाको टिम आएको रमाइलो भयो”, उनले भनिन् ।
बेलढङ्गा प्राकृतिक सौन्दर्या अवलोकनका लागि मात्रै होइन आध्यात्मिक चिन्तनका लागि पनि उपयुक्त स्थान भएको बेलढुङ्गा घुम्न आएका बेनीका दुर्गाराम सुवेदीले बताए । चैत, वैशाखमा राताम्यै फूलेका लालिगुराँसले यहाँ पुग्ने जोसुकैको मनलाई आकर्षित गर्नसक्ने भएकोले यसको प्रचारप्रसारमा अझै जोड दिनुपर्ने धौलागिरि पर्यटन परिषद् म्याग्दीका अध्यक्ष अमर बानियाँले बताए ।
दुईवर्ष अघिसम्म बेलढुङ्गाको फेदमा रहेको बेँसी चौतारीदेखि बेलढुङ्गाको शिरमा पुग्न निकै जोखिम थियो । अक्करे भीरमा बुट्यान र लहरामा झुन्निदै बेलढङ्गाको फेददेखि शिरसम्म पुग्न निकै दुःख हुन्थ्यो । तर अहिले सुविधायुक्त सिँढी (पदमार्ग) बनेपछि निकै सहजभएको बेलढुङ्गामा हरेक वर्ष पुग्ने गरेको नेपाल रेडक्रस सोसाइटी म्याग्दीका उपकोषाध्यक्ष शिव बानियाँले बताए ।
म्याग्दीको सीमाना तर्फ स्वर्गाश्रमदेखि बेँसी चौतारीसम्म बेनीनगरपालिका–३ को करिब चार लाख र त्यहाँदेखि बेलढुङ्गासम्म दुवै वडाको दुई/दुईलाखको गरी करिब आठ लाखको लागतमा पदमार्ग निर्माण गरिएको छ । ढुङ्गा विच्छ्याएर आकर्षक तरिकाले निर्माण गरिएको पदमार्ग हुँदै स्वर्गाश्रमबाट करिब एक घण्टाको उकालो छिचोलेपछि बेलढुङ्गा पुग्न सकिन्छ ।

अप्रिलमा भित्रिए एक लाख १६ हजार विदेशी पर्यटक

पर्यटन प्रवर्द्धन गर्न आकर्षक पर्यटकीय ‘प्याकेज’ पस्कनुपर्छ : विज्ञहरु

नगरकोट भ्रमण वर्ष : दुई दिनमा एक लाख पर्यटक

वर्षान्त २०८१ः होटलमा लगानी ओइरिएको वर्ष

नगरकोट भ्रमण वर्ष तयारी पूरा

पर्यटकीय हब बन्दै मुस्ताङको मार्फा

मार्चमा एक लाख २१ हजार बढी विदेशी पर्यटक नेपाल आए, कुन देशबाट कति ?

प्रतिक्रिया