युभेन्टस शीर्ष चारमा नपर्ने सम्भावना बढ्यो

काठमाडौँ: इटालियन सिरी ए को उपाधि इन्टर मिलानको पोल्टामा गइसकेको छ । तर शीर्ष चारमा पर्न अन्य क्लबको प्रतिस्पर्धा जारी छ । आइतबार राती त्यस्तै लक्ष्यमा रहेका दुई क्लब भिडे । बाजी मार्यो एसी मिलानले । आन्द्रेइ पिर्लो प्रशिक्षक रहेको युभेन्टसले तीन गोल खाँदा एक गोल पनि फर्काउन सकेन ।
मिलानसँग पराजय भोगेपछि युभेन्टसको शीर्ष चारमा पर्ने लक्ष्यमा धक्का पुगेको छ । गत सिजनको च्याम्पियन युभेन्टस चौँथौँ स्थानको नेपोली भन्दा एक अंकले पछाडि परेको छ । लिगमा युभेन्टसले तीन खेल खेल्न बाँकी छ । जसमा च्याम्पियन इन्टरविरुद्धको खेल पनि सम्मिलत छ । त्यसकारण नेपोलीसँगको अंक भिन्नता धेरै नभएपनि युभेन्टस दबाबमा छ । उता नेपोलीले उडिनेजे, फियोरेन्टिना र हेल्लास भेरोनासँग खेल्न बाँकी छ ।
युभेन्टसको शीर्षचारमा पर्ने सम्भावना कमजोर बनेपनि प्रशिक्षक पिर्लोले आफू पद त्याग गर्ने सोचाइमा नरहेको बताएका छन् । ‘मैले युभेन्टसमा अझैँ पनि उत्साहित नै छु । तीन खेल बाँकी छ । त्यसकारण आशा सकिएको छैन । मलाई जबसम्म युभेन्टसमा रहन दिइन्छ, म आफ्नो काम जारी राख्छु,’ मिलानसँग घरमै हारेपछि पिर्लोले स्काई स्र्पोटर्ससँग कुरा गर्दै भनेका छन् ।
पिर्लोले युभेन्टसमा आफूले योजना बनाए अनुसारको काम गर्न नसकिरहेको पनि बताए । ‘मैले सोचे अनुसारको खेलाडी टिममा छैनन् । भएका खेलाडीहरूको उपयोग गर्दा आफूले सोचेको शैलीमा खेलाउन पाएको छैन । तर जे जस्तो नतिजा आएको छ म त्यसको जिम्मेवारी लिन्छु,’ पिर्लोले भने ।

सिरिजको अन्तिम खेलमा स्कटल्याण्डसँग नेपाल पराजित

स्कटल्याण्डले दियो नेपाललाई १९४ रनको लक्ष्य
सिरिज जित्ने लक्ष्यका साथ नेपाल र स्कटल्याण्ड आज अन्तिम खेल खेल्दै

फिफा क्लब विश्वकपमा एट्लेटिको मड्रिडको पहिलो जित
नेदरल्याण्ड्सविरूद्ध नेपालको शानदार जित

एकल कातामा एलिनालाई स्वर्ण
स्कटल्याण्डलाई हराउँदै नेपाल दुई विकेटले विजयी

प्रतिक्रिया