ब्रुकले शतक हान्दा कलकतामाथि हैदराबादको जित

काठमाडौँ- ह्यारी ब्रुकको शतकको मदतमा सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आईपीएल) मा दोस्रो जित हात पारेको छ । शुक्रबार राति इडेन गार्डेनमा भएको खेलमा हैदराबादले कलकता नाइट राइडर्सलाई २३ रनले पराजित गर्यो । हैदराबादको चार खेलको यो दोस्रो जित हो । कलकताको यो दोस्रो पराजय हो ।
२ सय २९ रनको विशाल लक्ष्य पछ्याएको कलकताले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय ५ रनमात्र बनाउन सक्यो । कलकताका लागि कप्तान नितिस राणाले ७५ रन तथा रिंकु सिंहले ५८ रन बनाएपनि जितका लागि पर्याप्त भएन । हैदराबादका लागि मयंक अग्रवाल र मार्को जानसेनले समान २-२ विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले ४ विकेटको क्षतिमा २ सय २८ रनको योगफल तयार पार्यो । उसका लागि ह्यारी ब्रुकले ५५ बलमा १२ चौका र ३ छक्काको मदतमा अविजित एक सय रन बनाए । कप्तान ऐडेन मार्करामले ५० रन जोडे । कलकताका आन्द्रे रसेलले सर्वाधिक ३ विकेट लिए ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया