ओमानविरुद्ध नेपालको शानदार जित

काठमाडौँ- एसीसी प्रिमियर कप अघि भएको अभ्यास खेलमा नेपालले ओमानविरुद्ध शानदार जित हात पारेको छ । नेपालले ओमानलाई ५ विकेटले हराएको हो ।
२ सय ४७ रनको लक्ष्य नेपालले ४४ ओभर ४ बलमा ५ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा अर्जुन साउदले ६७ तथा कप्तान रोहित पौडेलले ५८ रन बनाए । दीपेन्द्रसिंह ऐरी ५९ रनमा आउट भए । ओमानका लागि कप्तान जिशान मकसुदले २ विकेट लिए ।
यसअघि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ओमानले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४६ रन बनायो । ओमानका लागि शोएब खानले १ सय १० रन बनाए । ओपनर जतिन्दरसिंह ४२ रनमा आउट भए ।
नेपालका लागि किशोर महतोले ३ तथा प्रतिश जी.सी र सूर्य तामाङले समान २-२ विकेट लिए । एसीसी प्रिमियर कप मंगलबारदेखि सुरु हुनेछ ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया