फेयरब्रेक इन्भिटेसनल टी-ट्वान्टीमा रुविनाको टिम तेस्रो

काठमाडौँ- रुविना क्षेत्री आवद्ध बर्मी आर्मी हङकङमा जारी फेयरब्रेक इन्भिटेसनल टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा तेस्रो भएको छ । आईतबार तेस्रो स्थानका लागि भएको खेलमा बर्मी आर्मीले स्पिरिटलाई २२ रनले पराजित भएको हो ।
१ सय ४८ रनको लक्ष्य पछ्याएको स्पिरिटले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय २५ रनमात्र बनायो । स्पिरिटका लागि केरी ऐनी टोमलिनसनले सर्वाधिक ३३ रन बनाईन् । बर्मी आर्मीका लागि लाउरा कारडोसोले २ विकेट हत पारिन् । रुविनाले ३ ओभरमा १२ रन खर्चिइन् ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बर्मी आर्मीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ४७ रन बनाएको थियो । दिआन्द्रा डोटिनले ३८ बलमा ६ चौका र ६ छक्काको सहयोगमा ७५ रन बनाइन् ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया