‘मिराई’ को छायाङ्कनका लागि भारतबाट मोटरसाइकलमै काठमाडौँ आए अजित

काठमाडौँ- भारतीय अभिनेता अजित कुमार नेपालमा हुने छायांकनका लागि मोटरसाइकल चढेर आएका छन् । चलचित्रको छायाङ्कनका लागि अभिनेता कुमार मोटरसाइकलबाटै पूर्वी नेपालको झापा हुँदै काठमाडौँ आइपुगेका हुन् । अजितले चार दिनसम्म काठमाडौँमा छायांकन गर्ने कार्यतालिका रहेको फ्लिकर्स आर्ट्सका मनोज जोशीले जानकारी दिए । छायाङ्कनको स्थानीय व्यवस्थापन फ्लिकर्स आर्ट्स हेरिरहेको छ ।
अजितको फिल्मको वर्किङ टाइटल ‘मिराई’ रहेको छ । छायांकनका लागि अभिनेता अजित कुमारसहित २२ जनाको समूह नेपालमा रहेको छ । 'उनीहरूसँगै नेपाली प्राविधिकले काम गरिरहेका छौँ । उपत्यकाको विभिन्न स्थानमा चार दिनसम्म छायाङ्कन गर्ने तालिका तय भएको छ', निर्माण नियन्त्रक जोशीले भने । यही चलचित्रमा अभिनेत्री म्याडीको अभिनय पनि रहेको छ ।
अजित बाइकमा संसार घुम्न शौख राख्ने अभिनेता हुन् । सुटिङको बीचमा अजितले संसार घुम्ने गरेका छन् । अघिल्लो साल उनले बाइकमा यसैगरी युरोप भ्रमण गरेका थिए ।
चलचित्रमा विशेषतः दक्षिण भारतीय कलाकार तथा प्राविधिक रहेका छन् । पछिल्लो समय नेपालमा छायाङ्कनका लागि विदेशी चलचित्र आउने क्रम बढ्दो छ । भारतीय चलचित्र उचाइ, शृङ्खला, फर्जीलगायत नेपाल आएदेखि भारतीय निर्माण समूह भित्रिने क्रम बढिरहेको छ ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया