धिरजले समय नदिएपछि रोकियो ‘भगवत् गीता’को सुटिङ

काठमाडौँ - अभिनेता धिरज मगरले समय नदिएपछि ‘भगवत् गीता’को सुटिङ रोकिएको छ । निर्माण टिमले भने मौसमले साथ नदिएको भन्दै निर्माण रोक्ने निर्णय गरेको जनाएको छ ।
जनकपुरमा पहिलो सेड्युलपछि केही दिनको विश्रामपछि पोखरा पुगेको टोली धिरजको पर्खाइमा केही दिन यत्तिकै बसेको थियो । तर धिरज पहिला ‘ज्याकी आइ एम ट्वान्टी’को ट्रेलर लन्चका काठमाडौँ आए भने यसपछि प्रमोसनका लागि देश दौडाहामा निस्कने तयारीमा छन् ।
यसरी ‘ज्याकी आइ एम ट्वान्टी’को प्रमोसनबाट धिरजलाई फुर्सद् नहुने भएपछि ‘भगवत् गीता’को टोली बीचैमा सुटिङ रोकेर फर्किएको हो । पोखराको सुटिङपछि त्यतैको गाउँमा बाँकी सुटिङ गर्ने चर्चा थियो ।
धिरजले नभ्याएपछि सम्भवतः जेठबाट मात्र फिल्मको बाँकी सुटिङ सुरु हुनेछ । झरना थापाको निर्देशन रहेको फिल्ममा धिरज मगर र सुहाना थापाको मुख्य भूमिका रहेको छ । फिल्ममा विपिन कार्की, कबिर खड्का आदिको पनि अभिनय रहेको छ ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया