मंगलबार ०६ जेठ, २०८२
Tuesday, May 20, 2025

ओमानविरुद्ध नेपालले पहिला ब्याटिङ गर्दै

काठमाडौँ- राजधानीमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्ग नेपालले ओमानविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदानमा ओमानले टस जितेर नेपाललाई पहिला ब्याटिङका लागि निम्तो दिएको हो ।

नेपालका लागि यो ५० औँ एकदिवसीय अन्तर्राष्ट्रिय खेल पनि हो । प्रतियोगिताअन्तर्गत दुबै टोलीले लगातार दोस्रो जितको खोजिमा रहेका छन् ।

नेपालले पहिलो खेलमा मलेसियालाई ६ विकेटको जित हात पारेको थियो । यता ओमानले भने कतारलाई ४० रनले पाखा लगाएको थियो ।