मंगलबार ०६ जेठ, २०८२
Tuesday, May 20, 2025

एकदिवसीय अन्तर्राष्ट्रियमा कुशलको पहिलो शतक

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर कुशल मल्लले एकदिवसीय अन्तर्राष्ट्रियमा पहिलो शतक पूरा गरेका छन् । काठमाडौँमा जारी एसीसी प्रिमियर कप अन्तर्गत कुशलले शतक पूरा गरेका हुन् ।

कुशलले ओमानविरुद्ध ५९ बलमा शतक पूरा गरे । शतक पूरा गर्ने क्रममा कुशलले ९ छक्का र ९ चौका हिर्काए ।

नेपालका लागि एकदिवसीय शतक पूरा गर्ने कुशल मल्ल छैटौ खेलाडी हुन् । यसअघि पारस खड्का, कप्तान रोहित कुमार पौडेल, दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल र आशिफ शेखले एकदिवसीय अन्तर्राष्ट्रियमा शतक पूरा गरेका छन् ।