टेस्ट च्याम्पियनसीप फाइनलका लागि भारतको टिम घोषणा
काठमाडौँ- भारतले अस्ट्रेलियाविरुद्धको विश्व टेस्ट च्याम्पियनसीपको फाइनलका लागि १५ सदस्यीय टिमको घोषणा गरेको छ । भारत र अस्ट्रेलियाबीचको फाइनल ओभलमा जुन ७ तारिखबाट सुरु हुनेछ ।
भारतले अजिन्क्या रहाणेलाई समेट्दै टोली घोषणा गरेको क्रिकबजले जनाएको छ । ३४ वर्षीय पूर्व कप्तान रहाणे सन् २०२१-२२ को दक्षिण अफ्रिकाको भ्रमणपछि टिमबाट बाहिर थिए ।
तर जारी सिजनको इन्डियन प्रिमियर लिगमा राम्रो प्रदर्शन गर्दैगर्दा रहाणेले टिममा पुनः स्थान पाएका हुन् ।
भारतीय टिमः
कप्तान रोहित शर्मा, शुबमल गिल, चेतेश्वर पुजारा, विराट कोहली, अजिन्क्या रहाणे, केएल राहुल, केएस भारत, रविचन्द्रन आश्विन, रविन्द्र जडेजा, अक्सर पटेल, शर्दुल ठाकुर, मोहम्मद शामी, मोहम्मद सिराज, उमेश यादव र जयदेव उनडकट ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया