मंगलबार ०९ बैशाख, २०८२
Tuesday, April 22, 2025

आजबाट राष्ट्रियसभाको बैठक नियमित हुँदै

काठमाडौँ- आज राष्ट्रियसभाको बैठक बस्दैछ ।

संघीय संसद्‌ अर्न्तगतको राष्ट्रिय सभाको बैठक अपरान्ह १ बजे बस्नेछ ।

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना रुसको मस्को भ्रमणमा गएका कारण स्थगित हुँदै आएको बैठक आजबाट नियमित रुपमा सुचारु हुन लागेको हो । अध्यक्ष तिमिल्सिना हिजो स्वदेश फर्केका छन् ।