दलहरूले नाम नदिएपछि संसदीय समिति गठनमा ढिलाइ

काठमाडौँ - प्रमुख दलले संसदीय समितिमा रहने सांसदहरूको नाम उपलब्ध नगराएपछि समिति गठनमा ढिलाइ हुने भएको छ । सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समिति बैठकमा कांग्रेसलगायत दलहरूले समितिमा रहनेहरूको नाम दिन ढिलाइ गरेपछि समिति गठनमा ढिलाइ हुने भएको हो ।
कांग्रेसलगाएत दलले समितिका रहनेहरूको नाम बुझाउन बिहीबारसम्मको समय माग गरेका छन् । परामर्श समिति बैठकपछि एमाले प्रमुख सचेतक पदम गिरीले समितिमा रहने सांसदहरूको नाम बुझाउन केही दलले समय मागेको बताए ।
संवैधानिक परिषद्सम्बन्धी विधेयकलाई सदनमा पेश गर्ने विषयमा पनि परामर्श समितिमा सहमति जुट्न नसकेको र यस विषयमा पुन छलफल हुने जानकारी दिए ।
बैठकमा सभामुख देवराज घिमिरेले संसदलाई प्रभावकारी बनाउन संसदीय समितिमा रहनेहरूको नाम बिहीबारसम्म बुझाउन आग्रह गरेका थिए ।

राजनीतिक नेतृत्व र जनप्रतिनिधिमा सुशासन कायम गर्ने दृढ इच्छाशक्ति आवश्यक छ : स…

तीन समितिको बैठक बस्दै

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

तीन संसदीय समितिको बैठक बस्दै

संसदीय समितिमा पानी जहाज विधेयकबारे छलफल हुने

तीन वटा संसदीय समितिको बैठक बस्दै

तीन समितिको बैठक बस्दै, राज्य व्यवस्था समितिमा गृहमन्त्री लेखक जाने

प्रतिक्रिया