मंगलबार ०६ जेठ, २०८२
Tuesday, May 20, 2025

कतारविरुद्ध नेपालको खराब सुरुवात

काठमाडौं - एसीसी प्रिमियर कपअन्तर्गत समूह 'ए' को अन्तिम खेलमा नेपालले कतारविरुद्ध पहिले ब्याटिङ गरिरहेको छ । टस हारेको ब्याटिङको निम्तो पाएको नेपालले सुरुवातमै दुई विकेट गुमाएको हो । 

नेपालले ३.३ ओभरमा ९ रन जोडेर दुई विकेट गुमाएको छ । कुशल भुर्तेत ८ बल खेल्दै २ रन बनाएर आउट भए भने भीम सार्की १२ बलमा ६ रन बनाएर आउट भए । 

त्रिवि क्रिकेट मैदानमा कतारले टस जितेर पहिला बलिङ रोजेपछि नेपालले ब्याटिङको निम्तो पाएको हो ।