एसीसी प्रिमियर कप : नेपालले यूएईसँग फाइनल खेल्ने पक्का

काठमाडौँ- नेपालले एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको उपाधिका लागि युनाइटेड अरब इमिरेट्स (यूएई) को सामना गर्ने भएको छ । मुलपानी क्रिकेट मैदानमा भएको दोस्रो सेमिफाइनल खेलमा ओमानलाई पराजित गर्दै यूएई फाइनलमा प्रवेश गरेको हो ।
अर्कोतर्फ त्रिवि क्रिकेट मैदानमा वर्षाका कारण नेपाल र कुवेतबीचको खेल पूरा हुन नसकेपछि समूह चरणको नतिजा अनुसार नेपाल फाइनलमा प्रवेश गर्यो ।
मुलपानी क्रिकेट मैदानमा पनि पानी परेपछि यूएईले ओमानलाई डिएल मेथडमा २ रनले पराजित गर्यो ।
पहिले ब्याटिङ गर्दै यूएईले ४९ ओभर २ बलमा २ सय ३६ रन बनाएको थियो । तर, २ सय ३७ रनको लक्ष्य पछ्याएको ओमानले ४३ ओभरमा ६ विकेट गुमाएर १ सय ९० रन जोड्दा खेल वर्षाले अवरुद्ध भयो । त्यसपछि यूएई २ रनले विजयी भयो ।
नेपाल र यूएईबीचको फाइनल मे १ तारिखमा हुनेछ । उपाधि विजेताले पाकिस्तान र भारतको समूहमा रहँदै एसिया कप खेल्नेछ ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया